७ वैशाख, काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले मंगलबार नेदरल्याण्ड्ससंग खेल्दैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको छ । यसअघि पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।
नेदरल्याण्डसले भने मलेसियालाई हराएको थियो । मंगलबारको टिममा नेपालले कुनै परिवर्तन गरेको छैन । नेपाली टिममा ओपनर कुशल भुर्तेल र आशिफ सेख रहेका छन् ।
प्रतिक्रिया 4