Comments Add Comment

भारतबाट आएका युवकको मृत्युपछि डोटीमा त्रास

७ बैशाख, डोटी । ११ दिनअघि भारतको गुजरातबाट आएका युवकको मृत्यु भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका बासिन्दामा त्रास बढेको छ । उनको कोरोना संक्रमणका कारण मृत्यु भएको आशंका गर्दै गाउँलेले शव उठाउन सुरक्षाकर्मीको सहयोग खोजेका छन् ।

सामान्य स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट बढेको र मंगलबार आफ्नै घरमा उनको मृत्यु भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लका अनुसार भारतमा रहेका ती युवकका दाजुको गत शनिबार कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर फर्केको मल्ल बताउँछन् । ती युवकको बुधबार दाहसंस्कार गर्ने तयारी छ ।

दाजुको भारतमा कोरोनाकै कारण मृत्यु हुनु र दाजुसंगै भएका भाइ घर आएर मृत्यु हुनुले कोरोनाको आशंका स्थानीयले गरेका छन् । ‘एकातिर शोकमा डुबेको परिवारका सदस्यहरुलाई सम्झाउनुछ’ एक स्थानीयले भने ‘अर्कोतिर शव व्यवस्थापनको समस्या छ ।’

पछिल्लो समय मृत्युपछि स्वाब परीक्षण नगर्ने मन्त्रालयको निर्देशन रहेकोले स्वाब परीक्षण नहुने स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख तेजबिक्रम शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment