८ वैशाख, काठमाडौ । प्रिमियर लिगमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा ब्राइटनसंग गोलरहित बराबरी खेल्दै चेल्सील अंक बाँडेको हो ।
इन्जुरी टाइममा ब्राइटनका बेन ह्वाइट दोहोरो पहेँलो कार्ड पाउ मैदान बाहिरिएका थिए ।
बराबरीपछि ३२ खेलबाट ५५ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लेको छ । ३२ खेलबाट वेष्टहमको पनि समान ५५ अंक भएपनि चेल्सी गोलअन्तरमा अघि छ ।
ब्राइटन ३२ खेलबाट ३४ अंकसहित १६औं स्थानमा छ ।
प्रतिक्रिया 4