Comments Add Comment

रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शकको बेन कुपरले गरे तारिफ

८ वैशाख काठमाडौं । काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो ।

तर सरकारको पछिल्लो निर्णयपछि मंगलबारदेखि भने दर्शकलाई खेल हेर्न प्रवेश निषेध गरिएको छ । मंगलबार नेपालले नेदरल्याण्ड्ससंग खेल्दा दर्शकलाई प्रवेन गर्न दिइएन ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकको निर्णयअनुसार दर्शकसहित खेलकुद गतिविधि गर्न नपाउने निर्णय गरेपछि मंगलबार त्रिवि क्रिकेट मैदानमा नेपालल दर्शकविनै खेल्यो । पहिलो खेलमा करिब ५ हजार दर्शकको अगाडि नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो ।

तर मंगलबार पहिलोपटक घरेलु मैदानमा दर्शकविना खेल्दा नेपाल नेदरलयाणड्ससँग ३ विकेटले पराजित भयो ।  नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले ३ बल अगावै ७ विकेट गुमाएर पूरा गरेको हो । उक्त खेलमा बास डे लिड र बेन कुपरले अर्धशतक प्रहार गरे ।

उनै बेन कुपरले नेपाली दर्शकको खेलप्रतिको लगावको तारिफ गरेका छन् । उनले ट्वीटरमा मैदानमा दर्शक प्रवेश निषेध गरे पनि त्यसले खेल हेर्न नरोकेको उल्लेख गरेका छन् ।

‘मैदानमा दर्शकलाई प्रवेश निषेध गरिएको छ तर त्यसले नेपाली दर्शकलाई रोक्न सकेन । विशुद्ध समर्पण जसले देखाउँछ कि उनीहरुलाई आफ्नो क्रिकेट र आफ्नो टिम कति महत्वपूर्ण छ ।’ कुपरले नेपाली क्रिकेटर पारस खड्काले पोष्ट गरेको फोटोलाई रिट्विट गर्दै लेखेका छन् ।

मैदानभित्र गएर खेल हेर्न निषेध गरिए पनि दर्शकलाई प्रत्यक्ष खेल हेर्न कसैले रोक्न सकेन । टीयू मैदानको पर्खाल बाहिर बसेर, रुखमा बसेर दर्शकले खेल हेर्दै नेपाली टोलीको समर्थन गरे । उनीहरुले आफ्नो प्रिय टिमको खेल छुटाउन सकेनन् ।

यस्तै आयरल्याण्डका पुर्व क्रिकेटर इयान जोन्सनले बाहिरबाट खेल हेरिरहेको दर्शकको स्क्रिनसट ट्वीट गर्दै क्लोज डोरमा खेल्दाको सम्मान भनेका छन् । ‘जहाँ इच्छा त्यहाँ उपाए’ भन्दै लेखेका छन् ।

सिरिज अन्तर्गत आज नेदरल्याण्ड्स र मलेसियाबीच खेल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment