
८ वैशाख, हेटौंडा । मकवानपुरको हेटौंडामा कोरोना संक्रमणले एकजना पुरुषको मृत्यु भएको छ । केही दिन अघिको कोरोना परीक्षणबाट संक्रमण पुष्टि भएका हेटौंडा-४ कर्राका ७४ वर्षीय एकजना पुरुषको मृत्यु भएको हो ।
उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ । पछिल्लो समय कोरोनाको दोस्रो लहर सुरु भएपछि मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या पहिलो हो । अहिले सम्मको पछिल्लो परीक्षणमा ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमितहरु होम आइसोलेसनमा रहेर चिकित्सकको सल्लाह र परामर्श लिदै उपचार रत रहेको हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।
संक्रमितको संख्या बढ्दै गए पनि सरकारी तवरबाट उपचार कक्षको व्यवस्थापन नहुदा संक्रमित घरमा नै रहेको बताइएको छ ।
हेटौंडामा पहिलो चरणको कोरारोना संक्रमण सुरु भएपछि तयार पारिएका गौरीटार र कर्रा आइसोलेसन बन्द भएपछि अहिले अस्पताल परिसरमै आइसोलेसन कक्ष तयार गर्नेबारे छलफल भैरहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।
प्रतिक्रिया 4