+
+
Shares

बेलबारी क्याम्पसमा नयाँ विद्यार्थीको भर्ना शुल्क स्थानीय सरकारले तिरिदिने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १३:०६

८ वैशाख, विराटनगर। बेलबारी बहुमुखी क्याम्पसमा भर्ना हुने नयाँ विद्यार्थीको भर्ना शुल्क स्थानीय सरकारले तिरिदिने भएको छ । विद्यार्थी संख्या घट्न थालेपछि बेलबारी नगरपालिकाले बेलबारी बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने नयाँ विद्यार्थीको भर्ना शुल्क तिरिदिने भएको हो ।

क्याम्पसमा शिक्षा शास्त्र, व्यवस्थापन र मानविकी संकायको पठनपाठन हुन्छ । तीनवटै संकायमा भर्ना हुने विद्यार्थीको शुल्क नगरपालिकाले तिर्नेगरी वैशाख ५ गतेको नगर कार्यपालिकाको बैठकले निर्णय गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए ।

आर्थिक अवस्थाका कारण पठनपाठन छाड्नु पर्ने बाध्यताको अन्त्यका लागि नगरपालिकाले शुल्क तिर्ने निर्णय गरेको उनले बताए । एकजना विद्यार्थीले भर्ना शुल्कबापत ६ हजार १ सयदेखि ६ हजार २ सय रुपैयाँसम्म बझाउनु पर्ने नियम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?