+
+
Shares

भारतबाट फर्किएका मोरङका ६ जनामा एन्टिजेन पोजेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते २०:०५

८ वैशाख, विराटनगर । भारतबाट घर फर्किएका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दिल्लीबाट घर फर्किएका मोरङका ८ मध्ये ६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

रोजगारीका लागि दिल्ली पुगेकाहरु भारतमा महामारी फैलिएपछि घर फर्किएका थिए । बुधबार सीमावर्ती क्षेत्र रानीमा राखिएको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गर्दा ६ जनामा एन्टिजेन पोजेटिभ देखिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । उनीहरु जहदा गाउँपालिका–७ का हुन् ।

पोजेटिभ देखिएकालाई जहदा गाउँपालिकासँग समन्वय गरेर होम आइसोलेसनमा बस्नेगरी पठाइएको कार्कीले बताए । चोरबाटो हुँदै नेपाल प्रवेश गरेका ८ जनालाई सशस्त्र प्रहरीले हेल्थ डेस्कमा पठाएको थियो । बुधबार नै विराटनगरमा ४१ जनाको कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना पोजेटिभ देखिएकाहरुलाई एम्बुलेन्समा ल्याएर होम आइसोलेसनमा राखिएको जहदा गाउँपालिका स्वास्थ्य संयोजक राजकुमार दासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?