Comments Add Comment

हैदरावादकाे पहिलाे जित, पञ्जाब पराजित

८ वैशाख, काठमाडौं  । पञ्जाव किंग्सलाई पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा पहिलो जित हात पारेकाे छ । बुधबार भएको खेलमा हैदराबादले पञ्जाबलाई ९ विकेटले पराजित गरेकाे हाे ।

पञ्जाबले दिएकाे १ सय २१ रनको सामान्य लक्ष्य हैदराबादले १८.४ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेकाे हाे । उसको जितमा जोनी बेयरस्ट्रोले अविजित ६३, डेविड वार्नरले ३ र केन विलियम्स १६ रनमा अविजित रहे । पञ्जाबका फाबियन एलनले एक विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १९. ४ ओभरमन सबै विकेट गुमाएर १ सय २० रन बनायो । पन्जाबका लागि मायांक अग्रवाल र शाहरुख खानले २२/२२, क्रिस गेलले १५, मोइसेस हेनरिक्सले १४ र दीपक होडा १३ रन बनाए ।

पन्जाबलाई अलआउट गर्न हैदरावादका खलिल अहमदले ३ र अभिषेक शर्माले २ विकेट लिए ।

लगातार ३ हारपछि पहिलाे जित हात पारेकाे हैदरावाद २ अंक जाेड्दै पाँचाै स्थानमा उक्लेकाे छ । समान अंक रहेकाे पञ्जाव अंक तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment