+
+

वीरगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु

सुरेश बिडारी सुरेश बिडारी
२०७८ वैशाख ९ गते १०:३३

९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगञ्ज– १६ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।

वैशाख ७ गते नारायणी अस्पतालमा भर्ना भएकी उनको बिहीबार बिहान सवा १ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले जानकारी दिए । बैशाख ३ गते नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाइफ्लो अक्सिजन दिएर समेत उनलाई बचाउन नसकिएको संयोजक दासले बताए ।

ती महिला वीरगञ्ज नर्सिङ कलेजमा भान्छेको रुपमा कार्यरत थिइन् । कलेजका प्रशासकीय अधिकृत सुरेन्द्र ओझाका अनुसार वैशाख ३ गते तीन जना भान्छेमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई होम आइसोलेसनमा राखिएको थियो । वीरगञ्ज नर्सिङ कलेजका २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

नारायणी अस्पतालमा ३१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरुमध्ये २९ जनालाई अक्सिजन दिएर राख्नुपरेको अस्पतालले जनाएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?