Comments Add Comment

लिग लिडर इन्टर बराबरीमा रोकियो, युभेन्ट्स पुनरागमन जितसहित तेस्रो स्थानमा

९ वैशाख, काठमाडौं । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलान बराबरीमा रोकिँदा युभेन्ट्सले भने पुनरागमन जित हात पारेको छ ।

गएराति भएको खेलमा इन्टरले स्पेजियासँग १-१ को बराबरी खेलेको हो ।

घरेलु मैदानमा डिएगो फारिसले १२औं मिनेटमा गोल गर्दै स्पेजियालाई अग्रता दिलाएका थिए । तर ३९औं मिनेटमा इभान पेरिसिकले इन्टरका लागि बराबरी गोल फर्काएका थिए ।

बराबरीपछि पनि इन्टर ३२ खेलबाट ६६ अंक छ र दोस्रो स्थानको एसी मिलान भन्दा अझै १० अंकले अघि छ ।

समान खेलबाट एसी मिलनको ६६ अंक छ ।

उता पार्माविरुद्ध पुनरागमन जितसहित युभेन्ट्स तेस्रो स्थानमा उक्लेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै युभेन्ट्सले पार्मालाई ३-१ ले पराजित गरेको हो ।

खेलको २५औं मिनेटमा गास्टोन ब्रुगमनले गोल गर्दै पार्मालाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा एलेक्स सान्ड्रोले युभेन्ट्सका लागि बराबरी गोल फर्काए । ४७औं मिनेटमा सान्ड्रोले व्यक्तिगत दोस्रो गोल गर्दा युभेन्ट्सले २-१ को अग्रता बनायो । ६८औं मिनेटमा माथिस डे लिटले गोल गर्दै युभेन्ट्सलाई ३-१ को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment