Comments Add Comment

करणको आक्रामक ब्याटिङमा नेपालले मलेसियालाई दियो २१८ रनको लक्ष्य

९ वैशाख, काठमाडौं । करण केसीले आक्रामक ब्याटिङ गर्दै १३ बलमै ४५ रन बनाएपछि त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनायो । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर हो ।

करणले ४५ रन जोड्ने क्रममा ७ छक्का प्रहार गरे ।

यस्तै ओपनर आसिफ शेखले ३२ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा ४२ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले २५ बल खेल्दै १ चौका र ४ छक्का मद्दतमा ४१ रन जोडे । उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ३३ रन बनाए ।

यसअघि लगातार तीन खेलमा अर्धशतक प्रहार गरेका ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भए ।

कुशल मल्ले अविजित १९ रन जोडे । उनले १० बल खेल्दै २ छक्का प्रहार गरे । नेपालले अन्तिम ४ ओभरमा ६७ रन जोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment