+
+
Shares

मुख्यमन्त्री राईविरुद्ध अपशब्द बोलेको अभियोगमा बालिका खड्का पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १५:३३

९ वैशाख, काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेको आरोपमा  बालिका खड्का पक्राउ परेकी छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार खड्कालाई पक्राउ गरेर प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको छ । उनले भने, ‘सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरेपछि पक्राउ गरेका हौं,  मुद्दा चलाउने वा छाड्ने टुंगो लागिसकेको छैन ।’

प्रहरीका अनुसार बिहीबार थापाथलीस्थित एमाले मुख्‍यालयको उद्‌घाटन कार्यक्रममा उनले प्रदेश-१ का मुख्‍यमन्त्रीविरुद्ध गालीगलौज गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?