+
+
Shares

होटलबाट ओली र नेपालद्वारा धरहराको अवलोकन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १५:५५

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच होटल मेरियटमा भेटवार्ता जारी छ । हिजो साँझ दुई घण्टा बढी कुराकानी गरेका ओली र नेपाल बीच अहिले पनि एक्लाएक्लै भेटवार्ता भइरहेको हो ।

भेटका क्रममा होटलबाटै धरहराको अवलोकन गरेको तस्वीर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका छन् । ‘…भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नु हुँदै’, थापाले लेखेका छन् ।

धरहराको ११ वैशाखमा उद्घाटन गर्ने कार्यक्रम राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?