+

नेपालले मलेसियालाई ६९ रनले हरायो

२०७८ वैशाख  ९ गते १६:३३ २०७८ वैशाख ९ गते १६:३३
नेपालले मलेसियालाई ६९ रनले हरायो

९ वैशाख, काठमाडौं । करण केसीको आक्रामक ब्याटिङ अनि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएपछि त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ ।

चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपालले अब उपाधिका लागि शनिबार नेदरल्याण्ड्ससंग खेल्नेछ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १४८ रनमै अलआउट भयो ।

नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामछानेले ३-३ विकेट लिए । सुशन भारीले १ विकेट लिए । करणले ४ ओभरमा २७ रन खर्चिए तर विकेट लिन सकेनन् ।

क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय