+
+
Shares

‘आईएमई पे’को अफर : नयाँ एप प्रयोगकर्तालाई गृहप्रवेश अन्तर्गत सयमा सय बोनस

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १७:२५

९ वैशाख, काठमाडौं । आईएमई ग्रुपले सञ्चालन गरेको आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त अफर अन्तर्गत रू. एक सयमा रू. एक सय नै बोनस उपलब्ध हुनेछ ।

यो स्किममा सहभागी बन्नका लागि आईएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवाईसी) फारम भरी कुनै न कुनै माध्यबाट आईएमई पे वालेटमा रू. एक सय जम्मा गर्नुपर्नेछ । त्यसमा प्रयोगकर्ताले रू. १ सय नै बोनस रकम तत्काल प्राप्त गर्नेछ । यसका लागि केवाईसी फारम भेरिफाइड हुनुपर्नेछ ।’

यसरी प्रयोगकर्ताको ‘आईएमई पे’ मा मौजाद हुन आउने रकमबाट मोबाइल रिचार्ज, घरयासी प्रयोगमा आउने सेवाहरू जस्तैः पानी, बिजुली, इन्टरनेटको महसुल एवम् सरकारी दस्तुर, टिकट आदिको भुक्तान घरमै बसीबसी आफ्नै मोबाइलबाट गर्नु सक्ने कम्पनीले जनाएको छ । यसका अतिरिक्त जुनसुकै स्थलगत क्यूआर कोड स्क्यान मार्फत भुक्तान गर्न सक्ने छ । जसका लागि यी सबै सेवाका लागि ‘आईएमई पे’ डाउनलोड गर्न अनिवार्य हुन्छ ।

यो योजना अप्रिल २१ देखि मे २१ (२०७८ वैशाख ८ गतेदेखि जेठ ७ गतेसम्म) गरी १ (एक) महिनासम्म नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार स्किमलाई व्यवस्थित ढंगले सञ्चालन गरी आम सेवाग्राहीहरूको पहुँचसम्म पुर्‍याउन कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । त्यस सम्बन्धि सम्पूर्णाधिकार कम्पनीमा नै निहीत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?