Comments Add Comment

वीरगञ्जको नारायणी अस्पतालमा कोभिड–१९ को जटिल बिरामी मात्र राखिने

९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितको उपचार गरिरहेको नारायणी अस्पतालले जटिल समस्या देखिएका बिरामीलाई मात्र अस्पतालमा राख्ने निर्णय गरेको छ ।

आइतबार नारायणी अस्पताल व्यवस्थापन समिति र जिल्लाका राजनीतिक दलका प्रतिनिधिको बैठकले आईसीयू र एचडीयू चाहिने बिरामीलाई मात्र अस्पतालमा उपचार गर्ने र अरु विरामीलाई सम्बन्धित स्थानीय तहको आइसोलेसन सेन्टरमा पठाउने निर्णय गरेको हो ।

अस्पतालले बढीमा ५० प्रतिशत बेडमा मात्र कोरोना संक्रमितको उपचार गर्न सकिने जनाएको छ । कोरोना संक्रमितको उपचारका लागि आवश्यक जनशक्ति र सामग्री व्यवस्थापनका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमार्फत प्रदेश सरकार र केन्द्र सरकारमा पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

अस्पतालले कोरोना संक्रमितको उपचारसँगै अस्पतालको सामान्य सेवालाई पनि निरन्तरता दिने भएको छ । प्रसुति, आईसीयू, सीसीयू, एनआईसीयू, डायलायसिस, इमर्जेन्सी, इमर्जेन्सी सर्जरी, शल्यक्रिया र बहिरंग सेवाहरुलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ । अब बहिरंग सेवाको टिकट भने बिहान ११ बजेसम्म मात्र दिने निर्णय गरेको अस्पताल विकास समिति अध्यक्ष पुरेन्द्रकिशोर लाभले जानकारी दिए ।

बैठकले पर्सामा रहेका निजी अस्पतालमा कोभिड–१९ संक्रमितहरुको उपचार तथा व्यवस्थापनमा बेड छुट्याउन पहल गर्ने निर्णय गरेको छ । छुट्टै कोभिड अस्पताल स्थापना तथा कोभिड संक्रमतिको लागि विशेषज्ञ सेवाका लागिसमेत अस्पताल तोक्ने निर्णय उक्त बैठकले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment