+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

समाचार लेखेको आधारमा पत्रकारलाई धरपकड नगर्न अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १८:४६

९ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले समाचार लेखेको आधारमा पत्रकारलाई पक्राउ र धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार मुख्य न्यायाधीश नृपध्वज निरौलाको इजलासले फौजदारी मुद्दाको अनुसन्धान तहकिकात गर्ने विषयमा बाहेक समाचार छापेकै आधारमा कानुन विपरीत हुने गरी धरपकड नगर्न महानगरीय प्रहरी अपराध अनुसन्धान शाखाका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

समाचार लेखेको विषयलाई लिएर पत्रकारलाई धरपकड गरेको भन्दै उज्यालो नेटवर्क डटकम प्रालिका तर्फबाट विनोदकुमार राउतले महानगरीय अपराध अनुसन्धान शाखालाई विपक्षी बनाई उच्च अदालतमा रिट दिएका थिए ।

उक्त सञ्चार माध्यमले प्रधानमन्त्री र भारतको गुप्तचर संस्था रका प्रमुखबीच सहमति भएको भनी झुटो खबर प्रकाशन गरेको थियो । तर सो विषयमा माफी माग्दै अनलाइनबाट समाचार हटाएको छ ।

सो समाचार प्रकाशन भएपछि प्रहरीले उज्यालो नेटवर्क डटकमका सम्पादक र सो समाचार कपी गरी प्रकाशन गर्ने अरु सञ्चार माध्यमका पत्रकारको खोजी गरिरहेको छ ।

समाचार प्रकाशनको विषयमा कारबाही गर्ने निकाय प्रेस काउन्सिल नेपाल मात्र भएकाले प्रहरीले धरपकड गर्नु गलत भएको प्रेससंवद्ध विभिन्न संघसंस्थाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?