Comments Add Comment

पिटर सेगुनले ललितपुरबाट एनएसएल खेल्ने

९ वैशाख, काठमाडौं । आउँदो शनिबारदेखि काठमाडौंमा सुरु हुने पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबलका लागि ललितपुर सिटी एफसीले पिटर सेगुनलाई अनुबन्ध गरेको छ ।

ललितपुरले नाईइजेरियन डिफेन्डर सेगुनलाई टिममा अनुबन्ध गरेको विज्ञप्तिमार्फत जनाएको छ । एनएसएल खेल्नका लागि सेगुन बिहीबार काठमाडौं आइपुगेका छन् ।

पिटर सेगुनले पछिल्लो सिजन मछिन्द्र क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेलेका थिए । त्यसअघि उनले थ्री स्टार क्लबबाट समेत लिग उपाधि जितेका छन् । सेगुन नेपालको घरेलु फुटबलमा उत्कृष्ट डिफेन्डरको रुपमा चिनिन्छन् ।

भाटभटेनी सुपर मार्केटको स्वामित्व रहेको ललितपुर सिटी एफसीले यसअघि क्रोएसियाका फरवार्ड भिलिम पोनिस्कोभिक र अजरबैजानका फरवार्ड नुर्लान जाहिद नोभ्रुजोभलाई टिममा अनुबन्ध गरिसकेको छ । राष्ट्रिय टिमका सदस्य अञ्जन विष्ट ललितपुर सिटी एफसीका मार्की प्लेयर हुन् ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको एनएसलको उद्घाटन खेलमा ललितपुरले काठमाडौं रेजर्ससंग प्रतिस्पर्धा गर्नेछ ।

एनएसएलमा ७ फ्रेन्चाइज टिमले राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछन् । सबै खेल दशरथ रंगशालमा खेलाइनेछ । फाइनल जेठ १ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment