Comments Add Comment

मलेसियामाथि नेपाल हावी भएको खेल (फोटो फिचर)

९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको अन्तिम लिग खेलमा घरेलु टोली नेपालले मलेसियामाथि ६९ रनको शानदार जित हात पारेको छ ।

त्रिवि मैदानमा करण केसीले छक्का वर्षा गर्दा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका कमल सिंह ऐरीले ३ विकेट लिए । यस्तै आफ्नो १०० औं टी-२० खेलमा सन्दीप लामिछानेले पनि ३ विकेट लिए ।

मलेसियाको महत्वपूर्ण ३ विकेट लिएका सोमपाल कामी म्याच अफ दि म्याच घोषित भए ।

करण केसीले १३ बलमै ७ छक्का मद्दतमा ४५ रन बनाउँदा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । आसिफ शेखले ४२ र कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन योगदान गरे । करणले एकै ओभरमा मलेसियाका मोगानलाई ४ छक्का प्रहार गरेका थिए ।

२१८ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया ५ बल अगावै १४८ रनमा अलआउट भयो । मलेसियाका अमिनुद्दिन रामलीले सर्वाधिक ४१ रन बनाए । मलेसियालाई अलआउट गर्न नेपालका कमल सिंह ऐरी, सोमपाल कामी र सन्दीप लामिछानेले ३-३ विकेट लिए । सोमपालले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चे । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।

हेर्नुहोस् बिहीबार नेपाल र मलेसियाबीचको खेलका केही तस्वीर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment