+
+

सिभिल बैंकद्वारा खुरखुरेमा शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १० गते १८:४४

१० वैशाख, काठमाडौं । सिभिल बैंकले चितवनको राप्ती नगरपालिकास्थित खुरखुरेमा आफ्नो शाखा विस्तार गरेको छ ।

राप्ती नगरपालिकाकी नगरप्रमुख प्रभा बरालले एक कार्यक्रमका बीच शाखाको उद्घाटन गरेकी छन् । नगरप्रमुख बरालले बैंकको शाखा विस्तारसँगै यसक्षेत्रमा वित्तीय पहुँच बृद्धि गर्न तथा वित्तीय स्तर बढाउन टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरण बन्ने भन्दै नगरप्रमुख बरालले बैंकलाई धन्यवाद समेत दिइन् ।

सिभिल बैंकका प्रदेश २ का प्रमुख विश्वास अर्यालले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको भन्दै यस क्षेत्रका सम्पूर्ण बचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानीयलाई उच्चस्तरीय बैंकिङ सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जाहेर गरे । यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागी साना तथा मझौला व्यापार व्यवसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?