Comments Add Comment

न्यू डायमन्ड र एपीएफ उपाधि नजिक

१० वैशाख, काठमाडौं । न्यू डायमन्ड र एपीएफ भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा एनभिए लिगको विजेता डायमन्डले एनभिए लिगको उपविजेता विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा भएको खेलमा को पहिलो सेटमा डायमन्डले २५–१० को सहज जित निकालेको थियो । दोस्रो सेटमा उत्कृष्ट प्रदर्शन गरेको पुलिसले न्यु डायमन्डलाई २५–१९ मा रोक्दै सेट एक एकको बराबरीमा पुर्‍यायो । त्यसपछिको दुवै सेट डायमन्डले आफ्नो पक्षमा पार्न सफल भयो ।

तेस्रो सेटमा २५–१२ को सहज जित निकालेको डायमन्डले चौथो सेटमा २५–१९ को जित दर्ता गर्दै फाइनलमा पुग्न सफल भयो । पुलिसमाथिको जितमा उच्च प्रदर्शन गरेकी डायमन्डकी प्रतिभा माली प्लेयर अफ दि म्याच चुनिइन् ।

उनले २ हजार रुपैयाँ हात पारिन् । यस्तै भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले डायमन्डकी खेलाडी वालमिका आचार्यको खेल मन पराएर नगद ५ हजार रुपैयाँ प्रदान गरिन् । यस्तै डायमन्डकै सलिना श्रेष्ठलाई पनि नगद प्रदान गरिएको थियो ।

अर्काे सेमिफाइनलमा एपिएफले आर्मीमाथि ३–१ को सेटमा जित निकाल्दै न्यु डायमन्डसँग उपाधि भिड्न्त पक्का गर्‍यो । रोमाञ्चक बनेको पहिलो सेटमा एपिएफले आर्मीमाथी ३०–२८ को संघर्षपुर्ण जित निकालेको थियो । आर्मीले २२–१७ को अग्रतालाई जोगाउन नसक्दा ३०–२८ ले पहिलो सेट गुमाउनु परेको थियो ।

दोस्रो सेट आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्दा खेल थप रोमाञ्चक बनेको थियो । तेस्रो सेटमा एपिएफ २५–१९ ले विजयी हुदै २–१ ले अघि बढ्यो । रोमाञ्चक बनेको चौथो सेटमा १६–१० ले अघि रहेको एपिएफले सघर्ष गदै २५–२३ को सेटमा जितको निकाल्दै न्यु डायमण्डसँग उपाधि भिड्न्त पक्का गर्‍यो ।

एपिएफसँग पराजित भएपनि उच्च प्रदर्शन गरेकी आर्मीकी साफिया पुन प्लेयर अफ दि म्याच हुदै २ हजार रुपैयाँ हात पारिन् । प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त गर्ने छ ।

प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment