+
+

माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १० गते २०:००

१० वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । जनकपुरबाट नेता नेपाल फर्किए लगत्तै गौतमसँग भेटवार्ता भएको हो ।

विहानै टेलिफोनमा कुराकानी गरेका नेपाल र गौतमबीच नागपोखरीमा भेटवार्ता भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए । उनका अनुसार नेताहरुसँग कुराकानी गर्ने क्रममा नेपालसँग पनि भेट भएको हो ।

विहीवार साँझ गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग ‘डिनर’ भेट गरेका थिए । गौतमले एमाले २ जेठ २०७५ अगाडिकै अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएका छन् । नेता नेपाल समूहले पनि यही माग राखिरहेको छ । तर, गौतम भने छुट्टै राष्ट्रिय एकता अभियान चलाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?