Comments Add Comment

ग्रिजमनको दुई गोलमा बार्सिलोनाको पुनरागमन जित

१३ वैशाख, काठमाडौं । एन्टोइन ग्रिजमनको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा भियारियालविरुद्ध पुनरागमन जित हासिल गरेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले भियारियललाई २-१ ले हरायो ।

जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंक बराबरी गरेको छ ।

घरेलु मैदान सामुएल चुकवेएजाले २६औं मिनेटमा गोल गर्दै भियारियाललाई अग्रता दिलाएका थए । तर त्यो अग्रता लामो समय टिकेन । त्यसको दुई मिनेटपछि नै ग्रिजमनले बार्सिलोनाका लागि बराबरी गोल पर्काए ।

३५औं मिनेटमा ग्रिजमनले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले २-१ को अग्रता बनायो ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । ६५औं मिनेटमा मानुएल ट्रिगुएर्स रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भियारियाल दश खेलाडी समेटिएको थियो । तर बार्सिलोनाले त्यसको फाइदा उठाउन भने सकेन ।

जितपछि बार्सिलोनाले ३२ खेलबाट रियल समान ७१ अंक जोडेको छ । तर हेड टु हेडका आधारमा रियल दोस्रो स्थानमै छ । यद्यपि बार्सिलोनाले अझै एक खेल कम खेलेको छ । ३३ खेलबाट ७३ अंकसहित एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ ।

भियारियाल ३३ खेलबाट ४९ अंकसहित सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment