Comments Add Comment

सरकारी निर्णय अटेर गरी विद्यालय खोल्ने ११ सञ्चालक पक्राउ

राजविराजस्थित ह्याप्पील्याण्ड बोर्डिङ स्कुलको अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी, नगर प्रमुखसहितको टोली

१३ वैशाख, सप्तरी । सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ ।

कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार पटक–पटक सम्झाउँदा पनि विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

सोमबार बिहान प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुख सहितको टोलीले अटेर गर्ने विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरु विरुद्ध कस्तो कदम चाल्ने भन्ने विषयमा आजै हुने बैठकले निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment