+
+

स्याङ्जामा डढेलोमा जलेर वृद्धाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १३ गते १२:४६

१३ वैशाख, काठमाडौं । स्याङ्जामा वनमा लागेको डढेलोमा जलेर एक वृद्धाको मृत्यु भएको छ ।

आइतबार दिउँसो २ बजेतिर आँधीखोला गाउँपालिका-१ अर्घौंदीकी ७२ वर्षकी टीकाकुमारी तिवारीको डढेलोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

अर्घौदीमा ब्रतबन्धको निम्तो मानेर घर फर्किने क्रममा रातो पहिरो पाखामा लागेको डढेलकोको मुस्लोमा परी मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए । तिवारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?