+
+
Shares

डोटीमा १२ शय्याको आइसोलेशन कक्ष स्थापना

रासस रासस
२०७८ वैशाख १३ गते १२:५०
फाइल तस्वीर

१३ वैशाख, डोटी । जिल्ला अस्पतालमा १२ शय्याको आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना सङ्क्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले उक्त आइसोलेशन कक्ष स्थापना गरेको हो ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि जिल्लामा पनि सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै आइसोलेशन कक्ष स्थापना गरिएको जिल्ला अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । उनका अनुसार अस्पतालले स्थापना गरेको उक्त आइसोलेशन कक्षमा अक्सिजनको व्यवस्था गरिएको छ ।

जिल्ला अस्पतालमा निर्माण गरिएको उक्त १२ शय्याको आइसोलेशन कक्षमा म्याट्रेस, तन्ना, तकिया र सुपानेट झुल तथा २४ सै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीले बताए । आइसोलेशनमा स्वास्थ्य समस्या देखिएका कोरोना सङ्क्रमितलाई राखेर उनीहरुको स्वास्थ्य उपचार, जाँच तथा खानाको व्यवस्था मिलाइएको छ ।

जिल्लामा रहेका नौवटै स्थानीय तहका स्वास्थ्य संस्थामा आइसोलेशन कक्ष स्थापना गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ । प्रशासनले भारतबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राख्नुपर्ने निर्णय गरेको भए पनि यहाँका स्थानीय तहले अहिलेसम्म क्वारेन्टिन स्थापना गर्न सकेका छैनन् । क्वारेन्टिन व्यवस्थापनका लागि आवश्यक बजेट नभएका कारण निर्माण गर्न नसकिएको जनप्रतिनिधिले बताउँदै आएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक महिनाको अवधीमा भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिमका कम्तीमा पनि आठ व्यक्तिको कोरोनाका कारण ज्यान गइसकेको छ । यहाँका अधिकांश सरकारी अस्पताल कोरोना सङ्क्रमितले भरीभराउ भएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?