१३ वैशाख, काठमाडौं । नेपाललाई ट्रान्जिट बनाई विदेश जान आइतबारसम्म नेपाल आइपुगेका विदेशी नागरिकको पीसीआर परीक्षण हुने भएको छ ।
यसअघि मन्त्रालयले आइतबार कुनै मिति नतोकी नेपाललाई ट्रान्जिट बनाइ विदेश जान आएका विदेशीको पीसीआर परीक्षण रोक्न प्रयोगशालाहरुलाई निर्देशन दिएको थियो ।
निर्णय सच्याउँदै सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसम्म नेपाल आएर क्वारेन्टिनमा बसेका र एयर बबल सुविधा अनुसार नेपाल आउनेलाई सःशुल्क पीसीआर गर्ने व्यवस्था मिलाउन प्रयोगशालालाई सूचित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4