Comments Add Comment

लाजियोसँग हारेपछि एसी मिलान पाँचौ स्थानमा झर्‍यो

१४ वैशाख, काठमाडौं । इटालियन सिरी एमा एसी मिलान लाजियोसँग ३-० ले पराजित भएको छ । उक्त हार कति महँगो बन्यो भन्दा मिलान अंकतालिकामा दोस्रो स्थानबाट सिधै पाँचौ स्थानमा झरेको छ । अन्य खेलमा एटलान्टा र नापोली विजयी हुँदा मिलान पछि परेको हो ।

सोमबार राति घरेलु मैदानमा भएको खेलमा लाजियोका लागि जाओकिन कोरेअले दुई सिरो इम्ङ्गवबाइले एक गोल गरे । कोरेअले दोस्रो मिनेटमा गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । १ औं मिनेटमा कोरेअले व्यक्तिगत दोस्रो गोल गर्दै लाजियोको अग्रता दोब्बर पारे । ८७ औं मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै लाजियोलाई ३-० को सहज जित दिलाए ।

जितपछि ३२ खेलबाट ६१ अंक रहेको लाजियो छैटौं स्थानमा छ । उता हारपछि ३३ खेलबाट ६६ अंक रहेको मिलान नापोली र युभेन्ट्ससँग गोलअन्तरमा पछि पर्दै पाँचौ स्थानमा झरेको हो ।

मिलानको हारले शीर्ष स्थानको इन्टरको उपाधि यात्रा अझ सहज बन्दैछ । ३३ खेलबाट ७९ अंकसहित इन्टर शीर्ष स्थानमा छ ।

बोलोग्नालाई ५-० ले पराजित गर्दै एटलान्टा दोस्रो स्थानमा उक्लेको छ । ३३ खेलबाट बोलोग्नाको ६८ अंक छ ।

एटलान्टाका लागि रुस्लान मालिनोभ्स्की, रेमो प्रेउलर, डुभान जापाट्टा र अलेक्से मिरानचुकले एक-एक गोल गरे । यस्तै अर्को खेलमा नापोलीले टोरिनोलाई २-० ले हरायो । नापोलीका लागि टिमोउ बाकायोको र भिक्टोर ओसिमहेनले एक-एक गोल गरे ।

तीन टोलीको समान ६६ अंक रहेपनि गोलअन्तरका आधारमा नापली रहँदै तेस्रो स्थानमा उक्लेको छ । युभेन्ट्स चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment