+
+
Shares

गोकर्णेश्वर नगरपालिकाद्वारा कक्षा ८ को परीक्षा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १३:०३

१४ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर स्तरीय आधारभूत तह (कक्षा ८) परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

नगरपालिकाको सूचना जारी गर्दै अर्को सूचना नभएसम्मको लागि स्थगित जनाएको छ । नगरपालिकाले १६ गतेदेखि परीक्षा गराउने समय तालिका सार्वजनिक गरेको थियो ।

२४ गतेभित्र सक्ने तयारी गरिरहेको नगरपालिकाले कोरोनाको संक्रमण बढिरहेकोले गरिने निषेधाज्ञका कारण बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यले परीक्षा स्थगित गरिएको शिक्षा शाखा प्रमुख विजयप्रसाद आचार्यले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?