+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १३:३६

१४ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित भएपछि उनलाई सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था सामान्य रहे पनि सावधानी अपनाउँदै अस्पताल भर्ना गरिएको रायमाझीको सचिवालयले जनाएको छ ।

अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको हो ।

मन्त्री रायमाझीसँगै उनकी पत्नी र परिवारका थप ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको रायमाझी निकट स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?