+
+
Shares

गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १४:२८

१४ वैशाख, काठमाडौं । तनहुँ र गोरखामा गरी गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय वृद्धको सोमबार राति मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

ती पुरुषमा वैशाख ८ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यसैगरी गोरखाको पालुङटार नगरपालिका–५ की ६७ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो । ती महिलामा सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१७ पुगेको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?