Comments Add Comment

ओलावाले आफिज चम्कँदा काठमाडौंमाथि धनगढीको शानदार जित

१४ वैशाख, काठमाडौं । विदेशी खेलाडी ओलावाले आफिजले उत्कृष्ट प्रदर्शन गरेपछि धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित हासिल गरेको छ ।

मंगलबार भएको खेलमा १० खेलाडीमा समेटिए पनि धनगढीले काठमाडौं रेजर्सलाई ३-० ले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमै तीन गोल हुँदा धनगढीका लागि नाइजेरियन खेलाडी ओलावाले आफिजले दुई गोल गरे भने टंक बस्नेतले एक गोल गरे ।

खेलको १९ औं मिनेटमा टंक बस्नेतले गोल गर्दै धनगढीलाई अग्रता दिलाए । टंकले दायाँ भागबाट प्रहार गरेको बल पोस्टमा लागेर फर्किए पनि कप्तान तथा गोलकिपर विकेशलाई लाग्दै गोल भएको हो ।

२३ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २-० को अग्रता दिलाए । उनले एकल प्रयामा दुई डिफेण्डर र गोलकिपर विकेशलाई समेट बिट गर्दै गोल गरेका थिए ।

पहिलो हाफकोको इन्जुरी टाइमा ओलावालेले दर्शन गुरुङको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई ३-० को अग्रता दिलाए ।

४१ औं मिनेटमा काठमाडौंका स्टेफेनले समिरले गोल गरे पनि अफसाइड भएको थियो । दोस्रो हाफमा दुवै टोलीले गोलका केही अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

खेलको ६८ औं मिनेटमा रमेश दंगाल दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएपछि धनगढी १० खेलाडीमा समेटिएको थियो । धनगढीले अन्तिम २२ मिनेट एक खेलाडी कम रहेर खेलेपनि काठमाडौंले त्यसको फाइदा उठाउन सकेन र पहिलो हार ब्यहोर्न बाध्य भयो ।

पहिलो खेलमा विराटनगर एफसीसंग ३-० ले हारेको धनगढीले भने दोस्रो हाफमा उत्कृष्ट खेल खेल्दै शानदार जित हात पार्‍यो । पहिलो खेलमा ललितपुर सिटी एफसीलाई पराजित गरेको काठमाडौंको यो पहिलो हार हो ।

खेलमा दुई गोल गरेका धनगढीका ओलावाले प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै धनगढीकै पुजन उपरकोटीले प्रोमोसिङ प्लेयर अफ दि म्याच बन्दै १० हजार रुपैयाँ पाए  ।

जितपछि धनगढीले २ खेलमा ३ अंक जोडेको छ । साथै धनगढी तेस्रो स्थानमा उक्लेको छ । यस्तै काठमाडौंको पनि २ खेलबाट ३ अंक नै छ । काठमाडौं चौथो स्थानमा झरेको छ ।

लिगमा मंगलबार एफसी चितवन र बुटबल लुम्बिनी एफसी तथा विराटनगर सिटी एफसी र पोखरा थण्डर्सबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment