+
+

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १५ गते १२:३७

१५ वैशाख, काठमाडौँ । बागमती प्रदेश सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्दैछ । २०७७ साल पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि खाली रहेको मन्त्रालयमा जिम्मेवारीसहित मन्त्रीपरिषद बिस्तारको तयारी गरिएको हो ।

बागमती प्रदेशका  मुख्‍यमन्त्री डोरमणि पौडेलले मन्त्रीमण्डलमा तीनजना मन्त्री र एकजना राज्‍यमन्त्री थप्‍ने तयारी गरेका छन् ।

मन्त्री हुनेमा जुनेली श्रेष्ठ, चन्द्र लामा, केशब पाण्डे र डा. राकुमार अधिकारीको नाम रहेको र उनीहरुको आजै दिउँसो ४ बजे सपथ ग्रहणको तयारी गरिएको एमाले सांसद दिपक निरौलाले जानकारी दिए ।

यसअघि आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?