Comments Add Comment

युरोकपमा २६ खेलाडी राख्न पाइने

१५ वैशाख, काठमाडौं । आगामी जुन–जुलाईमा हुने युरोकप–२०२० फुटबल प्रतियोगितामा सहभागी टिमले २६ खेलाडी राख्न पाउने भएका छन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले युरोकपमा एक टिमले २६ खेलाडी राख्न पाउने निर्णय गरेको हो ।

यसअघि एक टिममा २३ खेलाडी मात्र राख्न पाइने नियम रहेकोमा यस पटक कोरोना भाइरसलाई ध्यानमा राख्दै टिममा थप ३ खेलाडी राख्न दिने निर्णय यूईएफएले गरेको हो । यो निर्णयले महामारीका बेला खेलाडी र क्लबको लोड कम गर्न मद्दत पुग्ने जनाइएको छ ।

यूईएफए राष्ट्रिय टिम कमिटीले सोमबार उक्त निर्णय गरेको भएपनि यसले स्वीकृति पाउन भने बाँकी रहेको बीबीसीले जनाएको छ । यसअघि नै हरेक टिमले प्रतियोगितामा पाँचजना खेलाडी सब्स्टिच्युट गर्न पाउने निर्णय भइसकेको छ ।

कोरोना महामारीले गर्दा एक वर्षपछि सरेको युरोकप आगामी जुन ११ देखि जुलाई ११ सम्म युरोपेली मुलुकका विभिन्न शहरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment