
१५ वैशाख, हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेर तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयहरुमा पौडेलले बुधबार मन्त्री नियुक्त गरेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।
मुख्यमन्त्री पौडेलले एमालेका मुख्य सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सांसद सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्री बनाएका हुन् ।
थपिएका ३ मन्त्रीलाई वागमती प्रदेश प्रमुख विष्णु प्रसाईंले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । यस्तै राज्यमन्त्री अधिकारीलाई मुख्यमन्त्री पौडेलले सपथ गराएका छन् ।
गत पुस १० गते आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएपछि ती मन्त्रालय नेतृत्वविहीन थिए । जम्मकट्टेल र दुलाल माओवादीका सांसद हुन् भने नेपाल एमालेको माधव नेपाल पक्षका हुन् ।
प्रतिक्रिया 4