Comments Add Comment

४२ दिनमा सकियो प्रदिपको ‘प्रकाश’को छायांकन

चलचित्र ‘प्रकाश’को छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । ४२ दिनसम्म जुम्लामा यो चलचित्रको छायांकन गरिएको हो । दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक प्रदिप खड्का र कलाकार रेनु योगीको मुख्य भूमिका छ ।

चलचित्रमा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बीसी लगायतका कलाकारको पनि अभिनय छ । विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा महेन्द्र अधिकारीको लगानी छ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा विकास सुवेदीको कथा, अनुप बरालको कास्टिङ डिरेक्शन छ ।

यो चलचित्रमा ताराप्रकाश लिम्बु, एलिस कार्की र दीपक शर्माको संगीत छ । चलचित्रको छायांकन सकेर यसको निर्माणपक्ष काठमाण्डौ फर्किएको छ ।

सरकारी स्कुलको शिक्षक बन्नका लागि एक यूवाले गरेको संघर्षको कथामा यो चलचित्र बनेको निर्माणपक्षले बताएको छ । लभरब्वाइको भूमिकामा देखिदै आएका नायक प्रदिप खड्कालाई दर्शकले यो चलचित्रमा फरक भूमिकामा देख्नेछन् । प्रदिपका लागि यो चलचित्र करिअरको टर्निङ पोइन्ट बन्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment