+
+
Shares

उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार नाघ्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १५ गते १६:२९

१५ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा २ हजार ४७ जानमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँका १४६४ जना, भक्तपुरका २३२ जना र ललितपुरका ३५१ जना रहेका छन् ।

बुधबार मात्रै देशभर थप ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्‍यु भएको छ । योसँगै कोरोनाबाट मृत्‍यु हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?