+
+

संघीय संसदका महासचिव गौतमलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १६ गते १२:२४

१५ वैशाख, काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमलाई कोरोना संक्रमण भएको छ ।

महासचिव गौतमसहित संघीय संसदका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

यस्तै, संघीय सांसद पुष्पाकुमारी कर्ण कायस्थलाई पनि कोरोना संक्रमण भएको छ ।

मंगलबार स्वाब दिएको र मंगलबार नै रिपोर्ट पोजेटिभ आएको सांसद कायस्थले जानकारी दिइन् । अस्पताल गइहाल्नुपर्ने अवस्था नरहेकोले घरमा छुट्टै बसेर औषधि खाइरहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?