+
+
Shares

विमानस्थलमा सीसीएमसीको अनुगमन, मापदण्ड पालना नगरे उडान रोक्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १६ गते १४:२६

१६ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक यातायात बन्द गरेपनि हवाई यातायात सेवा बन्द गरेको छैन । विमानस्थलमा यात्रु व्यवस्थापनबारे बिहीबार ‘कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी)का अधिकारीले त्रिभुवन विमानस्थलको स्थलगत अनुगमन गरेको छ ।

अनुगमनपछि तोकिएका सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सचेत गराइएको नेपाल सरकारका सचिव तथा सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बरालले जानकारी दिए ।‘हाम्रो टोलीले मापदण्ड पालना गर्न सचेत गराएको छ,’ उनले भने, ‘विमानस्थलबाटै कोभिड सर्ने अवस्था भयो भने उडान बन्द गर्नुपर्ने हुन्छ ।’

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुधबारको तुलनामा बिहीबार उडान संख्या भने उल्लेख्य घटेको छ । बुधबार १५ हजार २ सय ६३ जना आन्तरिक हवाई यात्रुले जहाज चढेका छन् ।

आज यसको तुलनामा ५० प्रतिशत मात्र यात्रु हुने अनुमान छ । बुधबार कुल १४९ उडान अवतरण भएका थिए । यता, वायुसेवा कम्पनीहरुले भने भने सामाजिक दूरी कायम गर्नेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उडान भइरहेको बताएका छन् ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार कम्पनीहरुले मास्क अनिवार्य गरेका छन् भने फेससिल्ड वितरण गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?