Comments Add Comment

आईपीएलमा मुम्बईले राजस्थानलाई ७ विकेटले हरायो

१६ वैशाख, काठमाडौं । क्वीन्टन डे ककको अविजित अर्धशतक मद्दतमा साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ ।

बिहीबार भएको पहिलो खेलमा राजस्थानले दिएको १७२ रनको लक्ष्य मुम्बईले १८.३ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्‍यो ।  मुम्बईको लागि ओपनर डे ककले अविजित ७० रन बनाए । उनले ५० बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै क्रुनल पाण्ड्याले ३९, किरोन पोलार्डले अविजित १६ रन बनाए ।

राजस्थानका क्रिस मोरिसले २ र मुस्ताफिजर रहमानले १ विकेट लिए ।

त्यसअघि दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाएका थिए । राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ४२ रन बनाए । यस्तै जोस बटलरले ४१, शिवम दुवेले ३५ र यजस्वी जैसवालले ३२ रन जोडे ।

मुम्बईका राहुल चाहरले २ तथा ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले समान १ विकेट लिए ।

जितपछि ६ खेलबाट ६ अंक जोड्दै मुम्बई चौथो स्थानमा छ । समान खेलबाट ४ अंक रहेको राजस्थान सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment