Comments Add Comment

बाँकेमा एकैदिन ८ जना संक्रमितको मृत्यु

१६ वैशाख, काठमाडौं । बाँकेमा बिहीबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा ६ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना गरी कुल ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका ५ जना, कैलालीका दुई जना र बर्दियाका एकजना छन् ।

भेरी अस्पतालमा नेपालगञ्ज–५ का ५५ वर्षीय पुरुष, खजुरा गाउँपालिका–२ का ६७ वर्षीया महिला र नेपालगञ्ज–१७ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी नेपालगञ्ज मेडिकल कलेजमा बाँकेकै नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुष र कोहलपुर–१३ का ५० वर्षीय पुरुषको मृत्यु भएको ओलीले बताए ।

भेरी अस्पतालमा कैलालीको लम्कीचुहा नगरपालिका–१ का ४३ वर्षीय पुरुष र कैलालीकै टीकापुर नगरपालिका–१ कि ५१ वर्षीया महिलाको पनि मृत्यु भएको उनले बताए ।

भेरी अस्पतालमै बर्दियाको बढैयाताल गाउँपालिका–८ का ३२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment