Comments Add Comment

भारतमा एकैदिन ३ लाख ८६ हजार बढीमा कोरोना संक्रमण पुष्टि

१७ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ३ लाख ८६ हजार ४५२ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा संक्रमणको कारण ३ हजार ४९८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ८७ लाख नाघेको छ ।

त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि २ लाख ८ हजार ३३० पुगेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३१ लाख ७० हजार नाघेको छ ।

पछिल्लो २२४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ६६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै केरलामा नयाँ संक्रमितको संख्या ३८ हजारभन्दा धेरै देखिएको छ भने कर्नाटक र उत्तर प्रदेशमा ३५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । दिल्लीमा पनि उक्त अवधिमा २४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

भारतका केही राज्यमा कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउन वा कर्फ्यू लगाइएको छ । यद्यपि संक्रमण भने नियन्त्रणमा आउन सकेको छैन । भारतमा अहिलेसम्म १५ करोड २२ लाखभन्दा धेरै डोज कोरोना खोप लगाइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment