Comments Add Comment

‘डाँडाँ वर पीपल’को ओएसटी सार्वजनिक

चलचित्र ‘डाँडाँको वर पीपल’को ओएसटी सार्वजनिक ‘रुन्छ नी मेरो मन’मा गायक राजेशपायल राई र गायिका सत्यकला राइको स्वर छ । गीतमा नवराज गिरीको शबद, शिव मुखियाको संगीत छ ।

बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा तयार भएको यो चलचित्रको गीतमा मुख्य कलाकारहरु गौरी मल्ल, शिव श्रेष्ठ र सलोन बस्नेतलाई फिचरिङ गरिएको छ । पारिवारिक कथामा यो चलचित्र बनेको छ ।

शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्रमा नवराज गिरीको लगानी, सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन, गोविन्द राइको नृत्य निर्देशन छ ।

यो गीतको भिडियोमा गाउँ र परिवारको याद आएपछि व्यक्त भएको भाव प्रस्तुत गरिएको छ । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment