+
+

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १७ गते २०:१२

१७ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–९ बस्ने ७४ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै नयाँ भेरियन्ट शुरु भइसकेपछि पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

नेशनल मेडिकल कलेजले सञ्चालन गरेको कोरोना अस्पतालमा उपचारको क्रममै शुक्रबार साढे ५ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

वैशाख १४ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्ट उनलाई नेशनल मेडिकलको कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?