+
+
Shares

कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १८ गते १८:१६

१८ वैशाख, धनगढी । कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पताल महेन्द्रनगर र धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत तीनजनाको मृत्यु भएको हो ।

महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–६ का ३४ वर्षीय पुरुष र बेल्डाडी गाउँपालिका–२ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले जानकारी दिइन् ।

यस्तै सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?