Comments Add Comment

शीर्ष चारमा पकड बनाउँदै चेल्सी

१९ वैशाख, काठमाडौं । चेल्सीले प्रिमियर लिगमा फुलहमलाई २-० ले पराजित गर्दै शीर्ष चारमा पकड बनाएको छ । काई हाभार्टले दुई गोल गरेपछि चेल्सीले गएराति घरेलु मैदानमा सहज जित हात पारेको हो ।

खेलको १०औं मिनेटमै मासोन माउन्टको पासमा हाभार्टले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै ४९औं मिनेटमा टिमो वेर्नरको पासमा हाभार्टले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

जितपछि चौथो स्थानको चेल्सीले ३४ खेलबाट ६१ अंक जोडेको छ । जुन पाँचौ स्थानको वेष्टहमभन्दा ६ अंकले माथि हो ।

एक खेल कम खेलेको वेष्टहमको ५५ अंक छ । रेलिगेसन जोनमा संघर्षरत चेल्सी ३४ खेलबाट २७ अंकसहित १८औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

खच्चड जिन्दगी !

Advertisment