+
+
Shares

वीरगञ्जमा गरिएको परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १०:५०

१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा १ सय ९२ स्वाब नमुना परीक्षणका क्रममा १ सय ४५ जनामा संक्रमण देखिएको हो ।

पुष्टि भएका संक्रमितमध्ये ३० जना महिला छन् । पर्साका १ सय ९, बाराका २६, रौतहटका ६, सर्लाहीका ३, महोत्तरीका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

१८ वर्षका देखि ६८ वर्षका व्यक्ति संक्रमित छन् । संक्रमितको सिटी भ्यालु १४.५ देखि ३४.८ रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

कोरोना संक्रमणबाट एक जनाको मृत्यु

यसैबीच वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ६८ वर्षीय एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।  उपचारकै क्रममा राति १ बजे ती पुरुषको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

स्वास्थ्यमा समस्या भएपछि वैशाख १७ गते अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यही दिन गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनी टाईप टु डायबिटिजका विरामी समेत थिए । कोरोना संक्रमणपछि कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगर्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणको दोस्रो लहरमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

नारायणी अस्पतालमा मात्रै २६ जनाको मृत्यु भएको छ । शनिबार मात्रै नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?