
१९ वैशाख, चितवन । गोरखाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ का ७८ वर्षीय वृद्ध रहेका छन् ।
उनीको शनिबार राति १२:४५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । निमोनिया र मधुमेहको समस्या भइ यही वैशाख १७ गते सो अस्पतालमा भर्ना भएका उनीमा १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनीको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4