+
+

सीसीएमसी संयोजकलाई बाँकेका सिडिओको आग्रह : मेडिकल डाक्टर पठाइदिनुपर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १३:२७

१९ वैशाख, काठमाडौं । बाँकेका प्रमुख जिल्ला अधिकारीले कोरोना महामारीको उपचारका लागि थप स्वास्थ्यकर्मी पठाइदिन उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग माग गरेका छन् ।

पोखरेलले बाँके जिल्लाको पछिल्लो अवस्थाबारे जानकारी लिन आइतबार टेलिफोन गरेका बेला प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्वास्थ्यकर्मी अपुग रहेको भन्दै पठाइदिन आग्रह गरेका हुन् ।

‘अहिले हामीलाई मुख्य समस्या जनशक्तिकै हो, हामीले त्यस अनुसार मेडिकल डाक्टर आह्वान पनि गर्‍यौं, त्यस अनुसार आएनन् त्यसैले हामीले स्वास्थ्य मन्त्रालयसँग माग गरेका छौं भन्ने कुरा मैले राखेँ’ प्रजिअ गेलालले अनलाइनखबरसँग भने ।

जवाफमा उपप्रधानमन्त्री पोखरेलले यस विषयमा आफूले स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी गेलालले कोभिडका बिरामीको चाप अस्पतालहरुमा बढिरहेको, अस्पतालमा बेडको अभाव भएको, नेपाल मेडिकल कलेज कोहलपुरलाई कोभिड अस्पतालको रुपमा अगाडि बढाउने विषय प्रक्रियामै रहेको जानकारी गराएका थिए ।

उपप्रधानमन्त्री पोखरेलले कोरोनाका बिरामीको उपचारका लागि पूर्वाधार भएको ठाउँको पहिचान गरी तयारी गर्न, निजी अस्पतालका पूर्वाधारलाई सदुपयोग गर्न, अक्सिजनको पर्याप्त व्यवस्था गर्न समेत निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द (सीसीएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिनतर्फ बेलैमा कदम चाल्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?