+
+

पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १७:२२

१९ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र धर्मपत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालको सचिवालयका अनुसार उनीहरुको आइतबार गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

दुबै जना अहिले निवासमा आइसोलेसनमा रहेको सचिवालयको भनाइ छ । पर्यटनमन्त्री रामनवमीका दिन माडीमा हजारौं मानिसको सहभागितामा आयोजित राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी थिए ।

मन्त्री ढकालले पनि संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था…

Posted by Bhanu Bhakta Dhakal on Sunday, 2 May 2021

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?